कालिका महिला वचत सहकारीको साधारणसभा
कालिका महिला वचत सहकारीको साधारणसभा
गोरखाः गोरखा नगरपालिका–७ नयाँ वजारमा रहेको कालिका महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ बार्षिक साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले निर्मला श्रेष्ठको अधयक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले लेखा सुपरिक्षण, ऋण उप समिती, शिक्षा उप समिति पनि गठन गरेको छ । संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सचिव र कोषाध्यक्ष प्रतिवेदन पास गरेको छ ।