ज्यान मार्ने उद्योग कसुरमा दुइ जना पक्राउ
ज्यान मार्ने उद्योग कसुरमा दुइ जना पक्राउ
गोरखाः ज्यान मार्ने उद्योग कसुरमा दुइ जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–२ तल्लो कोखे स्थित वगैचाका २८ वर्षिय फिरोज मियालाई कुटपिट गरेको आरोपमा दुइ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–६ महटारका २५ वर्षिय शुशिल परियार र गोरखा नगरपालिका–२ कोखे आहालेका २१ वर्षिय पुर्ण वहादुर परियार रहेको प्रहरीले जनाएको छ ।
आरोपितले फिरजलाई ज्यान मार्ने नियतले वञ्चरोको विँडले टाउकोमा हानेको प्रहरीले जनाएको छ । घाइते फिरोजको चितवन मेडिकल कलेल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको पुर्णवहादुर र शुसिललाई पौष २६ गते पक्राउ गरि ज्यान मार्ने उद्योग कसुर शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।