छेकम्पारको एक होटलमा आगोलागी
छेकम्पारको एक होटलमा आगोलागी
गोरखा ःचुमनुव्री गाउँपालिका–७ छेकम्पारको ट्रेकर होम होटलमा आगोलागी भएको छ ।
शनिबार राती भएको आगोलागीले होटलमा पुर्ण रुपमा क्षति पुगेको जनाइएको छ । उत्त होटलमा १२ कोठा रहेको थियो । मध्यरातमा होटलमा केहि नभएको वेला आगोलागी भएको हो ।
शनिबार राती लागेको आगो स्थानीयवासी र प्रहरीले झण्डै तिन घण्टा पछि नियन्त्रणमा लिएका थिए । विद्युत सट भएर आगोलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।