सिरानचोकको १३ औँ गाउँसभा सम्पन्न
सिरानचोकको १३ औँ गाउँसभा सम्पन्न
गोरखा ः सिरानचोक गाउँपालिकाले चालु आथिक वर्षको ६ महिनामा औषत १९.७१ प्रतिशत खर्च गरेको छ ।
आइतबार भएको १३ औँ गाउँसभामा अध्यक्ष ज्ञानेन्द्र गुरुङले गाउँपालिकाको चालु र पुजिगत तर्फको ८३ करोड वजेट मध्ये १९.७१ प्रतिशत खर्च भएको जानकारी गराए ।
सभामा आर्थिक र विनियोजन विधेयक–२०८० पेश भएको थियो । सभामा ६ महिनाको अवधिमा विषयत शाखाले गरेको अर्धवार्षिक समिक्षा सहित आय ब्याय विवरण पेश गरिएको थियो । त्यस्तै गाउपालिकाले गाउँसभाको अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी बनेका खेलाडीलाई सम्मान पनि गरेको छ ।
गाउँपलिका अध्यक्ष गुरुङ, उपाध्यक्ष रिता देवकोटा प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरे लगायतले विजयी खेलाडीलाई सम्मान गरेका हुन् ।