बिबिध कार्यक्रम गरी माघी पर्व मनाइयो
बिबिध कार्यक्रम गरी माघी पर्व मनाइयो
गोरखाः माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरि मनाइएको छ । मगर समुदायको राष्ट्रिय सास्कृतिक चाड मगर समुदायको वाहुल्यता रहेको क्षेत्रमा विविध कार्यक्रम गरि मनाइएको हो ।
सदरमुकाममा नेपाल मगर संघ जिल्ला समन्वय समितिको आयोजनामा झाँकी सहितको ¥याली भएको थियो । मौलिक पोशाक, चुटका, पञ्चेवाजा सहित मगर संघको हल रोहोटेपानी देखि हरमटारी खेलकुद मैदान सम्म झाँकी सहितको ¥याली भएको थियो ।
माघे सक्रान्ति पर्व पालुङटारमा पनि भब्यताका साथ मनाइएको छ । सुर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सक्रान्ति भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भन्ने गरिन्छ । जिल्लाको मगर समुदायले विशेष उल्लासका साथ पर्व मनाउदै आएका छन् । माघ १ गते देखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटो हुदै जान्छ ।
माघे सक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका परिकार खने प्रचलन पनि छ । त्यस्तै माघे सक्रान्तिको अवसरमा गोरखा नगरपालिका–१४ को अकला मन्दिरमा पनि विशेष पुजा भएको थियो ।