आरुघाटमा गोरु जुधाई प्रतियोगीता
आरुघाटमा गोरु जुधाई प्रतियोगीता
गोरखाः आरुघाट गाउँपालिका–१० फुल्पाति भन्ज्याङमा माघे सक्रान्तिको अवसरमा खुल्ला गोरु जुधाई प्रतियोगीता सम्पन्न भएको छ ।
गोरु जुधाई प्रतिस्पर्धामा वडा नम्वर ३ को स्याम्राङ, वडा नम्वर ४ थुमि, वडा नम्वर ६ को अलैचे र वडा नम्वर १० को खत्रिस्वाँराको गोरु विजयी भएको छ । विजयी गोरुका धनीलाई प्रति गोरु ४ हजारको दरले नगद पुरस्कार दिइएको थियो । सहभागी सवै गोरुहरुलाई प्रोत्साहन स्वरुप १÷१ हजार प्रदान गरिएको छ ।
आरुघाट गाउँपालिका–१० को आयोजनामा गोरुजुधाई प्रतियोगीता भएको हो । आरुघाट–१० का वडा अध्यक्ष सन्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष राम्जी खड्का, वडा नम्वर ४ का अध्यक्ष धनेन्द्र धमला, ६ का अध्यक्ष राजिव गुरुङ, गाउँपालिकाको पशु शाखाका चिकित्सक सुर्य अधिकारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा ३, ४, ५, ६, ९ र १० बाट प्रतिस्पर्धामा भाग लिन गोरु लिएर स्थानीयले सहभागीता जनाएका थिए । आगामी वर्ष पनि कार्यक्रमलाई थप परीस्कृत र किसानलाई प्रोत्साहन गर्दै लैजाने योजना रहेको वडा अध्यक्ष सन्जित श्रेष्ठले बताए ।