बगुवामा माघि पर्व मेला तथा गोरु जुधाई प्रतियोगीता
बगुवामा माघि पर्व मेला तथा गोरु जुधाई प्रतियोगीता
गोरखाः भिमसेनथापा गाउँपालिका–५ वगुवामा माघे सक्रान्ती पर्व गोरु जुधाई प्रतियोगीता तथा विविध सास्कृतिक कार्यक्रमका गरी मनाइएको छ ।
प्रतियोगीतामा ७ हल गोरु जुधाईएको थियो । जसमा २० मिनेट भन्दा बढी समय जुधेर प्रथम स्थान भिमसेन थापा गापा ४ धावाका गोरु धनी बिनोद रेग्मी र उत्कृष्ट गोरु जुधाईमा गोरखा नगरपालिका–१ छापथोकका गोरु धनी नेत्र प्रसाद भट्ट लाई क्रमश १० हजार र ९ हजार नगद पुरस्कार, प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा बाकी सबै गोरु धनिहरुलाई ८ हजार, ५ हजार,४ हजार र ३ हजारका दरले आयोजकले तय गरेको मुल्यांकनको आधारमा नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय युवा क्लब र महिला समुहहरुले विविध चेतनामूलक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
आगामी बर्ष खेलकुदका थप कार्यक्रमहरुलाई पनि जोड्दै पर्यटन भित्राउने योजना रहेको आयोजकले जनाएको छ । माछापोखरी नेवार समाज, समुन्नत युवा क्लब, खान्चोक सेवा समाज,सृजनशिल युवा क्लब र नबजागरण बिकास समाज कसिन्थोक बगुवाको सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा भिमसेनथापा गापाका अध्यक्ष लोक प्रसाद बन्जरा,उपाध्यक्ष अमृता वस्ती, वडा नम्वर ५ का अध्यक्ष होम बहादुर बराम, गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, बासुदेव भट्ट, सिताराम भट्ट, सागर श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । माघिपर्व मेला तथा गोरु जुधाई कार्यक्रम व्यबस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।