एक पुरुषमा कोरोना संक्रमण पुष्टि
एक पुरुषमा कोरोना संक्रमण पुष्टि
गोरखाः एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शहिद लखन गाउपालिका–७ का ४० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
रुघा र जरोको समस्या लिएर सोमबार गोरखा अस्पतालमा उपचार गराउन आएका ति पुरुषको आरडिटि प्रविधिबाट परिक्षण गर्दा कोरोना देखिएको गोरखा अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमित पुरुष अहिले होम आइसोलेसनमा रहेका छन् । संक्रमितको वारेमा स्वास्थ्य कार्यालय र शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखालाई पनि जानकारी गराइएको छ ।