चोरीको आरोपमा एक जना पक्राउ
चोरीको आरोपमा एक जना पक्राउ
गोरखाःचोरीको आरोपमा २८ वर्षिय भरत रानालाई प्रहरीले पक्राउ गरेको छ ।
पौष २४ गते गोरखा नगरपालिका–६ सातधुरेकी कविता रानाले संचालन गरेको शुभलक्ष्मि खाजा नास्ता पसलबाट चुइगम, चोकोपाइ चकलेट, चाउचाउ, लेज, कुरकुरे, रेडवुल, स्टिलको कप, विस्कुट लगायतका करिव १५ हजार वरावरको सरसमान चोरी भएको थियो ।
सोहि दिन गोरखा नगरपालिका–५ पदेलथोक स्थित गोरखा दरवार जाने बाटोमा वस्ने कृष्ण सिर्मलले संचालन गरेको गोरखकाली डिजिटल फोटो स्टुडियोबाट १ थान प्रिन्टर र नगद ४० हजार चोरी भएको थियो ।
घटना अनुसन्धानको क्रममा गोरखा नगरपालिका–८ आहाले गाउँ घर भइ पदेलथोक वस्ने २८ वर्षिय रानाको कोठामा चोरी भएका सामान मध्ये प्रिन्टर, केहि नगद फेला परेको थियो ।
अनुसन्धानबाट पसलबाट चोरी भएको सामान भएको खुलेपछि मंगलबार आरोपितलाई पक्राउ गरि चोरी कसुर शिर्षकमा मुद्र्धा दर्ता गरि हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।