क्रान्तिकारीको संगठन विस्तार अभियान
क्रान्तिकारीको संगठन विस्तार अभियान
गोरखाः नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अभियान शुरु गरेको छ ।
वुधबार भिमसेन थापा गाउपालिका–३ को संस्कृत माध्यमिक विद्यालयबाट अभियान शुरु भएको हो । संस्कृत माध्यमिक विद्यालय इकाईको अध्यक्षमा बिबस वन्जरा चयन भएका छन् ।
वन्जराको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटि गठन गरिएको अखिल क्रान्तिकारीका सचिन खनालले जानकारी दिए । क्रान्तिकारीले संगठन विस्तारको तिन महिने अभियान शुरु गरेको हो ।