नेकपाको अन्तरक्रिया
नेकपाको अन्तरक्रिया
गोरखाः विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले वुधबार सदरमुकाममा अन्तरक्रिय कार्यक्रम गरेको छ ।
गोरखा समन्वय समितिको हलमा ‘राष्ट्रघात र राज्यको षडयन्त्र विषयक अन्तरक्रीया’ कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पाटीका पूर्वी गण्डकी व्यूरो इन्चार्ज आर्दश सीले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समन्वय समिति प्रमुख मोहनवहादुर थापा, एमालेका जिल्ला सचिव काजीराम रोका, नेपाल समाजबादी पार्टीका अध्यक्ष यान प्रसाद भट्ट, नेपाल परिवार दलका अध्यक्ष रविन्द्र थापा, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेकपामा कपिल भट्ट, मानवअधिकार संजालका संयोजक यदु प्रसाद अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।