सडक, सभाहल,पार्क र वसपार्क, निर्माण हुदै
सडक, सभाहल,पार्क र वसपार्क, निर्माण हुदै
सघन शहरी विकास कार्यक्रम अन्तरगत ५० करोड
गोरखा ः पालुङटार नगरपालिकमा सघन शहरी विकास कार्यक्रम अन्तरगत वसपार्क, सडक, पार्क र सभाहल निर्माण गरिने भएको छ ।
वसपार्क र बहुउदेश्यीय भवन निर्माणको काम भने शुरु भइसकेको छ । वडा नम्वर ५ को रानीटारमा वसपार्क निर्माणाधिन छ । वडा नम्वर ५ मा सभाहल निर्माणको काम पनि भइरहेको छ ।
सभाहलको ‘फाउण्डेसन’को काम भइरहेको छ । चालु आर्थिक वर्षबाट सभाहल निर्माणको काम शुरु भएको नगरपालिकाका इन्जिनियर सन्दिप मरहट्टाले जानकारी दिए । ‘ब्यवस्थित सभाहल नहुँदा समस्या थियो,’ उनले भने,‘एउटै छानामुनी रहेको हलमा कार्यक्रम, समारोह गर्न सहजताका लागि वहुउदेश्यीय भवन निर्माण शुरु भएको हो, अहिले सभाहलको फाउण्डेसनको काम भइरहेको छ ।’
सार्वजनिक पाच रोपनी क्षेत्रफलमा निर्माण शुरु भएको सभाहलको काम सम्झौता गर्दा डेड बर्ष भित्र सक्ने लक्ष्य राखिएको छ । २०८२ को चैत मसान्त सम्म काम सक्ने गरि निर्माणलाई तिव्रता दिइएको छ । सघन शहरी विकास कार्यक्रम अन्तरगत राधाकृष्ण मन्दिर अल्काचिलाउने ठाटीचौरको सडक कालोपत्रेको योजना पनि छ ।
९ किलोमिटर सडक कालोपत्रे गर्ने गरि ठेक्का लागिसकेको छ । हाल उत्त सडकको १० प्रतिशत काम सम्पन्न भएको मरहट्टाले जानकारी दिए । ‘डुम्रे–वेशिशहरको राजमार्ग र मध्यपहाडी राजमार्गलाई जोड्ने गरि सडक निर्माण भएको छ,’ उनले भने । उत्त सडकले वडा नम्वर ४ को अल्काचिलाउने भन्ने स्थानमा मध्यपहाडी राजमार्ग सँग जोडिने छ ।
त्यस्तै वडा नम्वर ७ र ८ अन्तरगतको कामधेनु गाइ फर्म देखि रातमाटे सम्मको तिन किलोमिटर सडक, वडा नम्वर २ को आपपिपलमा नौ सय मिटर सडक कालोपत्रे उत्त कार्यक्रम अन्तरगत हुने छ । त्यस्तै वडा नम्वर ५ मा किसुनजि पार्क र वडा नम्वर २ मा हर्मिकोट शहिद स्मृति पार्कको योजना पनि परेको छ । पार्क निर्माणको काम भने शुरु भइसकेको छैन ।
‘सवै एउटै प्याकेजमा ठेक्का लागेको हो,’ उनले भने । ५० करोड रुपैयामा सडक, पार्क, सभाहल र वसपार्कको काम हुने छ । शहरी विकास मन्त्रालय अन्तरगतको संघीय आयोजना कार्यन्वयन इकाई मार्फत शहरी सघन विकास कार्यक्रमको कार्यन्वयन भएको छ ।