दुई पालिकाकोे प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
दुई पालिकाकोे प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
गोरखा ः दुइ पालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । शहिद लखन गाउँपालिका र भिमसेन थापा गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको हो ।
शहिद लखन गाउँपालिकामा निर्माणाधिन भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । २०७८ चैतबाट सुरु भएको भवनको काम २ वर्षमा सक्ने लक्ष्य राखिएको थियो । तोकिएको समयावधिमा काम नसकिएपछि म्याद थप भएको थियो । अव आगामी चैत मसान्त सम्म काम सक्ने लक्ष्य राखिएको शहिद लखन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वावुराम मगरले जानकारी दिए ।
अव रङ रोगन लगायतको कामहरु बाकि रहेको उनले बताए । भवन ७ करोड ७८ लाखको लागतमा निर्माण शुरु भएको हो । संघ सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको आर्थिक लगानीमा भवन निर्माण शुरु भएको थियो । शहिद लखनको प्रशासकीय भवनको ५० वटा कोठा रहेको र १६ वटा ब्लक रहेको छ ।
त्यस्तै भिमसेन थापा गाउँपालिका प्रशासकीय भवनको पनि ९८ प्रतिशत काम सम्पन्न भएको छ । २०७८ माघ ६ गतेबाट भवन निर्माणको काम शुरु भएको थियो । सम्झौता अनुसार २०७९ चैत मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । प
हिलो पटक असोज मसान्त सम्म म्याद थप भएको थियो । सम्झौता अनुसार निर्माण सम्पन्न नभएपछि उत्त भवन निर्माण आगामी चैत सम्म सक्ने लक्ष्य राखिएको छ । साडे दुइ तले भवनमा २० वटा कोठा र १ हल रहेको गाउँपालिकाकी सव इन्जिनियर सोमवती गुरुङले जानकारी दिइन् ।
३ करोड ४० लाखको लागतमा भवन निर्माण भएको हो । प्रशासकीय भवन नहुँदा दुवै पालिकाले अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । नयाँ सुविधा सम्पन्न भवन वनेसँगै सेवा प्रवाहमा पनि सहज बन्ने अपेक्षा गरिएको छ ।