चार सडकमा थप रकम सुनिश्चित
चार सडकमा थप रकम सुनिश्चित
गोरखाः जिल्लाका चार सडकमा थप रकम शुनिश्चित भएको छ ।
पालुङटार नगरपालिकाको सातदोवाटो जोगि रामशाहघाट–मनकामना बजार–जुम्ली चौतारा तिनमाने सडकका लागि थप रकम शुनिश्चित भएको हो ।
चार वटै सडकको लागि चालु आर्थिक वर्ष पाँच÷पाँच करोड रकम छुट्टीएको थियो । वहुवर्षिय योजना अनुसार थप रकम पनि शुनिश्चित भएको सडक कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।
चार वटै सडकको लागि २०÷२० करोड रकम माग भएको थियो । चार वटै सडकमा चालु आर्थिक वर्षमा विनियोजित वजेट समेत समावेश गरी १५÷करोड रकम शुनिश्चित भएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अर्थमन्त्रालय समक्ष चालु आर्थिक वर्ष निर्माण तथा स्तरोउन्नती कार्य गर्न स्रोत शुनिश्चितताका लागि सहमति माग गरेका थियो । सोहि वमोजिम रकम शुनिश्चत भएको हो ।
थप स्रोत सुनिश्चित भएको सडकमा चालु आर्थिक वर्ष विनियोजन भएको बजेटबाट कटिङ, ढलान लगायतका स्तरोउन्नतीको काम भइरहेको सडक कार्यालयले जनाएको छ ।
‘अहिले थप रकम शुनिश्चित भएपछि वहुवर्षिय योजना अन्तरगत ठेक्का आह्वान गरेर थप काम हुन्छ,’ खड्काले भने । शहिद लखन गाउँपालिकाको रामशाहघाट–मनकामना बजार–जुम्ली चौतारा तिनमाने सडक झण्डै १५ किलोमटिर छ ।
दुधपोखरी सम्मको सडक करिव ६५, सातदोवाटो वागडाडा सडक २५ र धावा–कोया भञ्ज्याङ सडक करिव २० किलोमिटर रहेको पनि कार्यालयले जनाएको छ ।