सडक निर्माणले गति नलिएको भन्दै स्थानीय आक्रोसित

सडक निर्माणले गति नलिएको भन्दै स्थानीय आक्रोसित


बुधबार, माघ १०, २०८०


सडक निर्माणले गति नलिएको भन्दै स्थानीय आक्रोसित

गोरखा ः पालुङटार नगरपालिका स्थित राधाकृष्ण मन्दिर–कालामाटा–पौवाटार–विरुवाटार–मिलनचोक–मझुवा सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीय आक्रोसित वनेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय आएका स्थानीयले सडक निर्माणलाई गति दिन माग गरे । ठेकेदारले उत्त सडकमा काम गरेका मजदुरलाई समेत ज्याला दिएको छैन ।



‘२९ जना कामदारले काम गरेको ज्याला १७ लाख १९ हजार लिनै वाकी छ,’ मकवानपुर स्थित हेटौडा घर भएका आइतमान घलानले भने,‘११ म्हिना भयो अहिले सम्म ज्याला पनि पायनौ, म मजदुरको नाइके हुँ कामदारहरु मेरो घरमै आउछन्, पैसा माग्छन्, दशैमा दिन्छु भनेर थमथमाए, त्यो वेला पनि पाइएन, तिहारमा दिन्छु भने पाइएन, कामदारलाई अव के भन्नु ।’

ठेकेदारले काममा गति दिन पटक÷पटक स्थानीयले सचेत पनि गराएका थिए । चार पटक वैठक वसेर कामलाई गति दिने आश्वासन पाएका स्थानीय सडकको अलपत्र अवस्था देखेपछि आक्रोसित छन् । ‘काममा कुनै समस्या भए सहजिकरण गर्छौ भनेका छौ, ठेकेदार कम्पनीका शिव चौलागाई साग पटक÷पटक वैठक वसेर काम छिटो सक्न भनेका भनै छौ,’ पालुङटार–६ का गोविन्द वराकोटीले भने,‘तर काम अघि वढ्दैन ।’

भएका काम पनि गुणस्तरहिन भएको स्थानीयको आरोप छ । सडकका लागि भनेर क्रसर स्थापना पनि गरिएको छ । तर क्रसरबाट ढुङ्गा गिटि वालुवा अन्यत्रको आयोजनामा प्रयोग तथा विक्रि भइरहेको स्थानीयले बताए । क्रसरको अनुगमन गर्न पनि स्थानीयले माग राखे । ९ किलोमिटर सडक कालोपत्रेका लागि २०७६ साल असारमा ठेक्का लागेको थियो ।

सम्झौता अनुसार दुइ वर्ष भित्र अर्थात २०७८ असार सम्म सक्ने लक्ष्य राखिएको थियो । तर म्याद नाघेको दुइ वर्ष नाघ्दा सम्म सडकको ५६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक निर्माणको जिम्मा अमर कन्ट्रक्सनले पाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda