राष्ट्रिय सभा सदस्यमा श्रेष्ठ निर्वाचित
राष्ट्रिय सभा सदस्यमा श्रेष्ठ निर्वाचित
गोरखा ः राष्ट्रिय सभा सदस्य निर्वाचनमा गोरखाका किरण वावु श्रेष्ठ विजयी बनेका छन् । विहिबार भएको निर्वाचनमा सत्तरुढ गठवन्धनबाट उम्मेदवार वनेका श्रेष्ठ ३ हजार ८०८ मत सहित विजयी वनेका हुन् ।
अन्य कलष्टरबाट श्रेष्ठ विजयी वनेका हुन् । काग्रेसबाट उम्मेदवार वनेका श्रेष्ठसहित अपांगता÷अल्पसंख्यक तर्फ गण्डकी प्रदेशबाट पदमवहादुर परियार र माआवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।
मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए । एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता÷अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन् ।
नेपाली कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठ २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध थिए । पञ्चायतविरुद्ध विद्यार्थीले आन्दोलन गरेपछि २०३६ सालमा जेल परेका श्रेष्ठ २०३४ सालमै पार्टीको जिल्ला सदस्यसमेत बनेका थिए ।
उनी पहिलो पटक जेल पर्दा जम्मा २२ बर्षको भएको बताए । २०४२ सालमा कांग्रेसले आह्वान गरेको सत्याग्रहमा पनि उनी जेल परेका थिए । उनी कांग्रेस गोरखाका २ कार्यकाल सचिव बनेका थिए ।
श्रेष्ठले २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा टिकट पाएका थिए । त्यतिबेला उनका प्रतिस्पर्धी तत्कालीन माओवादी नेता बाबुराम भट्टराई थिए । उनी पराजित हुन पुगे ।
गत चुनावमा समानुपातिक तर्फबाट सांसद बन्ने ठूलो आशा गरेका थिए । गण्डकी प्रदेशसभामा आदिवासी जनजाति पुरुषको १ नम्बरमा सिफारिस भएपनि उनी सांसद हुन पाएनन् ।
उनी १४औं महाधिवेशनमा भने गण्डकी प्रदेशको महामन्त्री निर्वाचित भए । त्यही महामन्त्री पदपछि किरणले राष्ट्रियसभाको टिकट हात पार्न सफल भए ।