हिज्जे प्रतियोगिता सम्पन्न
हिज्जे प्रतियोगिता सम्पन्न
लियो क्लव अफ गोरखाको आयोजनामा नगरपालिका स्तरीय स्पेलिङ्ग कन्टेष्ट (हिज्जे प्रतियोगिता) कार्यक्रम सम्पन्न भएको छ ।
शक्ति माध्यामिक विद्यालयमा शनिवार भएको सो प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक विद्यालय तथा वोर्डिङ्गका गरी १५ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा जेनियस इङ्गलिस वोर्डिङ्ग पहिलो, द ओल्डक्यापिटल सेकेण्डरी स्कुल दोश्रो, मोर्डन इङ्गलिस वोर्डिङ्ग स्कुल तेस्रो र महालक्ष्मी माध्यामिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रतियोगीहरुलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरेको क्लवका सदस्य एवं स्पेलिङ्ग कन्टेष्ट (हिज्जे प्रतियोगिता ) का संयोजक गरिमा श्रेष्ठले जानकारी दिइन । क्लवका अध्यक्ष मोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशीको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा लायन्स क्लव अफ गोरखाको पूर्व अध्यक्ष लक्ष्मण आचार्यले कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए भने क्लवका सचिव राज गुरुङ्गले कार्यक्रम संचालन गरेका थिए ।