वहुविवाहको आरोपमा पक्राउ
वहुविवाहको आरोपमा पक्राउ
गोरखा ः वहुविवाहको आरोपमा दुइ जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–८ रानीवनका ४६ वर्षिय ओम वहादुर खत्री र ३८ वर्षिय सोविता भट्ट लाई वहुविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जेठी श्रीमतीको जाहेरी दरखास्तको आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । वुधबार पक्राउ परेका आरोपित विरुद्ध विहिबार बहु विवाह कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्धा दर्तागरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।