रेडक्रसको सभापतिमा गठवन्धनका उम्मेदवार वानियाँ निर्वाचित
रेडक्रसको सभापतिमा गठवन्धनका उम्मेदवार वानियाँ निर्वाचित
गठवन्धन विरुद्ध तिन पदमा उम्मेदवारी परेपछि निर्वाचन
गोरखा ः नेपाल रेडक्रस सोसाइटी गोरखा शाखामा तिन दलले गठवन्धन गरेर पद भागवण्डा गरेका छन ।
शनिबार साँझ गठवन्धन गरेर निर्वाचनमा जाने सहमती वनेसँगै आइतबार मनोनयन दर्ता सोहि अनुसार भएको थियो । मतपरिणाम अनुसार गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका सभापतिका उम्मेदवार भिमसेन काजी वानियाँ निर्वाचित बनेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पदाधिकारी सहितका पदमा भागवण्डा गरेका हुन् । कांग्रेसले सभापति, महिला उपसभापति, कोषाध्यक्ष र उपमन्त्री सहितको चार पदाधिकारी र सात सदस्य, माओवादीले उपसभापति र मन्त्री सहित दुइ सदस्य र एमालेले १ उपकोषाध्यक्ष सहित १ सदस्यमा भागवण्डा गरि मनोनयन दर्ता गराएका थिए ।
दलिय गठवन्धनका विरुद्ध सभापति, मन्त्री र उपमन्त्रीमा भने स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । सभापतिमा गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका वानियाँ ८२ मतका साथ विजयी वने । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका टोप वहादुर वानियाँले ३८ मत प्राप्त गरेर पराजित वने ।
तिन दलिय गठवन्धनको सहमति अनुसार सभापति नेपाली कांग्रेसको भागमा परेको थियो । महिला उपसभापतिमा मञ्जु अर्याल, उपसभापतिमा भत्तराम राना मगर, मन्त्रीमा घनश्याम श्रेष्ठ, कोषाध्यक्षमा नवराज उपाध्याय, उप मन्त्रीमा तनराज घले, उप कोषाध्यक्षमा कुमार वानियाँ निर्वाचित वनेका छन् ।
गठवन्धनका उम्मेदवार घनश्याम श्रेष्ठका विरुद्ध मन्त्री पदमा शिव केसी र कृष्ण प्रसाद सोडारीको उम्मेदवारी दिएका थिए । श्रेष्ठले ५९ मत ल्याएर विजयी बने भने केसी ११ र सोडारीले ४८ मत ल्याएर पराजित बने । उपमन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका तनराज घलेले ६५ मतका साथ विजयी बनेका छन् । उपमन्त्रीमा गठवन्धनबाट उम्मेदवारी बनेका निधि प्रसाद तिमल्सीना ५५ मतका साथ पराजति वनेका छन् ।
महिला सदस्यमा फुलमायाँ गुरुङ, मिना श्रेष्ठ र मिश्रीदेवी अधिकारी निर्विरोध निर्वाचित वनेका छन् । सदस्यहरुमा कृष्ण गुरुङ, सन्तोष प्रसाद घिमिरे, कृष्ण वावु कुँवर, दिनेश खनखवास, वासुदेव भट्ट, इश्वर अधिकारी र सुनिल कुँवर निर्वीरोध निर्वाचित वने ।