वन्द कोठा भित्र छन् मंगलवावु

वन्द कोठा भित्र छन् मंगलवावु


सोमवार, माघ १५, २०८०


वन्द कोठा भित्र छन् मंगलवावु

गोरखा ः आइतबार दिउँसो केहि वेर घाम ताप्न आगनमा निक्लिएका गोरखा नगरपालिका–५ नाङ्लेपानी का ४३ वर्षिय मंगलवावु सिर्मललाई परिवारका सदस्यले कोठा भित्र जान आग्रह गरे । परिवारको सदस्यले भने वमोजिम मंगलवावु कोठामा छिरे ।

फलामे ढोकाको चुक्कुल लगाएपछि मंगालवावु आफ्नै सुरले भित्र वाहिर गर्न सक्दैनन् । उनलाई खाना पनि कोठामै पुग्छ । उनी सुत्ने कोठाको एक छेउमा शौचालय छ । २० वर्ष अघि मानसिक स्वास्थ्य समस्या देखिएदेखि उनलाई उपचारका लागि परिवारका सदस्यले काठमाडौ, भरतपुर देखि भारत सम्म पु¥याए ।



६ महिना सम्म धामीलाई घरमै वोला झार फुक पनि गरे । तर स्वास्थ्य समस्यामा सुधार नआएको उनको आमा फिस्टी सिर्मलले बताइन् । ‘स्कुल पढ्दा सम्म केहि भएको थिएन, एसएलसी पास गरेर क्याम्पस जान थालेपछि यस्तो समस्या देखियो,’ उनले भनिन्,‘चिच्याउने कराउने गर्न थालेपछि के भयो कसो भयो भनेर अस्पताल पु¥यायौँ, डक्टरले औषधि खानुपर्छ भन्नुभएको छ ।’

२० वर्ष यता मंगलवावुमा स्वास्थ्य समस्या देखिएको उनले बताइन् । ‘मेरो जेठो छोरो हो, उपचार होला भनेर खेत वारी वेचेर पनि अस्पताल पुगेको छु, डक्टरले औषधि नियमत खानुपर्छ भनेपछि मासिक तिन हजारको औषधि जसोतसो गरेर खुवाएको छु,’ उनले भनिन्,‘अहिले सम्म यो वावुलाई उपचार गर्दा कति खर्च भइसक्यो ।’ केहि वर्ष अघि छोरालाई ६ महिना सम्म सुधार केन्द्रमा समेत लगेर राखेको उनले बताइन् ।

‘उपचार राम्रो नभएपछि अहिले घरमै ल्याएर राखेको छु, फलामको ढोका वनाएर त्यहि भित्र वावु वस्छ,’ उनले भनिन्,‘खानेकुरा मैले यसो उसो गरेर पु¥याएको छु ।’ फलामे ढोका भित्र मंगलवावु वर्षौ देखि वस्दै आएको सुचना पछि आइतबार जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार लगायतका सरोकारवाला नाङलेपानी पुगेका थिए । मंगलवावुको उपचार र उद्धारका लागि मानव सेवा आश्रम लगायतका संघ संस्था सँग पहल भइरहेको परियारले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda