तिन निर्माण कम्पनी कालोसुचीमा
तिन निर्माण कम्पनी कालोसुचीमा
गोरखा ः सार्वजनिक खरिद अनुमगन कार्यालयले कार्यसम्पादन राम्रो नभएका जिल्लाका तिन वटा निर्माण ब्यवसायीलाई कालोसुचीमा राखेको छ ।
देवेन्द्र जंग कुँवर प्रोपाइटर रहेको गोरखा नगरपालिका–३ को अनुपमा निर्माण सेवा, राजेन्द्र सुनार प्रोपाइटर रहेको पालुङटार नगरपालिका–५ को अन्नपुर्ण निर्माण सेवा र राजकुमार श्रेष्ठ प्रोपाइटर रहेको गोरखाको लक्ष्मि कन्ट्र्क्सन कालोसुचीमा परेका हुन् ।
यी तिन कम्पनीलाई सडक डिभिजन दमौलीले कालोसुचिमा राख्न सिफारिस गरेको थियो । तिन वटै कम्पनी एक वर्ष कालोसुचिमा परेका हुन् ।
कालोसुचीमा परेका कम्पनीले कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन पाउदैनन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिक कालोसुचिमा राखिएको सुचनामा उल्लेख छ । गोरखाको तिन सहित देशभरका २२ कम्पनी कालोसुचीमा परेका हुन् ।