हरमटारीमा व्रेक फेल भएर वस दुर्घटना
हरमटारीमा व्रेक फेल भएर वस दुर्घटना
गोरखा ः गोरखा नगरपालिका–६ हरमटारीमा मंगलबार व्रेक फेल भएर वस दुर्घटना भएको छ ।
नारायणगढबाट गोरखा आउदै गरेको ना ५ ख ५०२५ नम्वरको वस व्रेक फेल भएर पछाडी हट्दा रोकिराखेको ग ३ च ९४१ नम्वरको जिपलाई ठक्कार दिएर दुर्घटना भएको थिायो । वसको ठक्करले जिप कट्टेल स्टोर्स भित्र पुगेको थियो । स्टार्स भित्र भएको क्षतिको विवरण एकिन गरिदै छ । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।