एक प्रहरी सहायक हवल्दारको सवारी दुर्घटनामा मृत्यु
एक प्रहरी सहायक हवल्दारको सवारी दुर्घटनामा मृत्यु
गोरखा ः अस्थायी प्रहरी पोष्ट धारापानीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको सवारी दुर्घटनामा मृत्यू भएको छ ।
रुपन्देही कन्चन गाउँपालिका–४ घर भएका ३३ वर्षिय प्रहरी सहायक हवल्दार रमेश राना मंगलबार मोटरसाइकल दुर्घटनामा घाइते बनेका थिए ।
घर विदामा रहेका राना ग २३ प १५५९ नम्वरको मोटरसाइकलमा वुटवलबाट काठमाडौ जादै गर्दा मुग्लीन नारायणघाट सडक खण्ड अन्तरत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा दुर्घटनामा परी घाइते बनेका थिए ।
मोटरसाइकल अनियन्त्रीत भइ पुल बनाउन खनेको खाल्डोमा खसेर घाइते बनेका राना पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मंगलबार राती मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
राना गण्डकी प्रदेश विपद ब्यवस्थापन गुल्म वाग्लुङमा दरवन्दी रही काजमा अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत रहेका थिए । राना सँगै मोटरसाइकलमा सवार दाजु नाता पर्ने विकास कुमार पुन पनि घाइते वनेका थिए । घाइते पुन उपचाररत छन् ।