१० जना बिद्यार्थीलाई छात्रवृत्ती वितरण
१० जना बिद्यार्थीलाई छात्रवृत्ती वितरण
गोरखा ः बारपाक सुलिकोट गाउपालिका–४ सौरपानी ग्याजी स्थित बारपाक वहु–प्राविधिक शिक्षालयमा अध्ययरत १० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ ।
गो–ड्राइभर बा मेमोरियल फाउनण्डेशले दक्ष जनशक्ति उत्पादनमा सहयोगका लागी विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको हो । विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको मिलन ढकालले जानकारी दिए ।
७ जना विद्यार्थीलाई प्रति ब्याक्ति ७÷७ हजारको दरले ४९ हजार र ३ जना विद्यार्थीलाई २÷२ हजारका वरावरको स्टेशनरी सामाग्री वितरण गरिएको जनाइएको छ । उत्त शिक्षालयमा हुम्ला, चितवन, चुमनुव्री लगायत जिल्लाका विभिन्न पालिकाका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।