महिला भलिवलमा खानीगाउँ युथ स्पोर्ट क्लव पहिलो
महिला भलिवलमा खानीगाउँ युथ स्पोर्ट क्लव पहिलो
गोरखा ः धार्चे गाउँपालिका खोर्लावेसीमा भएको तातोपानी मोलमा महिला तर्फको भलिबल प्रतियोगिता खानिगाउँ युथ स्पोर्ट क्लव विजय भएको छ ।
विहीबार सम्पन्न भएको महिला तर्फको प्रतियोगितामा विजय हुने खानिगाउँ युथ स्पोर्ट क्लवले २० हजार नगदको साथमा मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिका दोस्रो बनेका छन् ।
दोस्रो बनेको टिमले भने १५ हजार नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । श्री गुम्दा एकेडेमी क्लव भने प्रतियोगितामा तेस्रो बनेका छन् ।
तेस्रो बन्ने श्री गुम्दा एकेडेमी क्लवले १० हजार नगदको साथमा मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३ टिम मात्र सहभागि भएको हुनाले लिग विधिबाट खेल खेलाएको आयोजकले जनाएको छ ।
पुरुष तर्फ भलिबल प्रतियोगिता भने विहीबार ८ खेल सम्पन्न भएको छ । शुक्रबार (आज) भने क्वार्टर फाइनल सेमिफाइनल र फाइनल खेल सम्पन्न गर्ने कार्यक्रम संयोजक मिन सुनारले जानकारी दिए ।