सन्दर्भः द्रव्यशाह बहुमूखी क्याम्पसको ३९ औं वार्षिकोत्सव
सन्दर्भः द्रव्यशाह बहुमूखी क्याम्पसको ३९ औं वार्षिकोत्सव
मोहनलाल श्रेष्ठ
गोरखा द्रव्यशाह क्याम्पसको जन्म कसरी हुन गयो भन्ने बारे थोरै भएपनि कोर्न मन लागेकोले केहि सत्यतथ्य प्रस्तुत गर्न गएको छु । जुन वखत गोरखामा एक मात्र शिक्षा क्याम्पस हु.प्र.बाट स्थापना हुन पुग्यो ।
गोरखामा राख्ने कि ठाँटीपोखरी राख्ने भन्ने विषय अगाडि बढ्दै गयो । त्यस बेला गण्डकी अञ्चलाधिस रामचन्द्र बहादुर सिंह हुनुुहुन्थ्यो र मेरो दाजु मित्र लाल श्रेष्ठ पनि अञ्चलाधिस कार्यालय शाखा अधिकृत हुनुहुन्थ्यो । तत्काल जिल्ला पंञ्चायत सभापति जगत बहादुर रोका हुनुहुन्थ्यो । उहाँको घर ठाँटीपोखरीमा भएकोले उता लान बल गर्नुहुन्थ्यो । हामी गोरखा सदरमुकामबासीहरु गोरखा मै राख्नुपर्छ भनेर संघर्ष गरियो सोहि अनुसार गोरखामा राख्ने भए १७ रोपनी जग्गा उपलब्ध गराउनु भन्ने भएपछि तत्कालिन प्रधान पञ्च सोम प्रसाद श्रेष्ठ, जित बहादुर नेपाली, होम नाथ अर्याल, हरिराम श्रेष्ठ, तत्कालिन वडाध्यक्ष मोहनलाल श्रेष्ठ, ९ वडा अध्यक्ष लगायत अन्य सामाजिक व्यक्तिहरु मिलि केहि जग्गा चन्दा उठाइ खरिद गर्ने र सार्वजनिक चौउर हिलेपोखरीलाई समेटेर १७ रोपनी जमिन उपलब्ध गराई गोरखामा शिक्षा क्याम्पस स्थापना गर्ने निधो भयो र २०३८ सालमा म प्रधान पंञ्च विजय भएपछि प्रधान पञ्चको अध्यक्षमा समिति गठन हुन पुग्यो ।
जसमा स्व. मोहन नारायण श्रेष्ठ सचिव, निर्मल बाबु जोशी कोषाध्यक्ष अन्य ९ वटा वडाका वडाध्यक्षहरु सदस्य बनी भवन निर्माण समितिको साथै चन्दा संकलन समिति गठन गरी निर्माण कार्य सुरु गरी भवन निर्माण गरी कक्षा संचालन गर्दै जाने क्रमको साथै पठनपाठन शुरु भएको र भ्मगअबतष्यल विषय विद्यार्थीहरुको रुची कमि भएको हुँदा स्तरोन्नतीको लागि मानविकीशास्त्र को विषय समावेशी गरी पाउँनको लागि समितिको अध्यक्ष मोहन लाल श्रेष्ठ, मोहन नारायण श्रेष्ठ, हरिराम शर्मा, निर्मल जोशी, पुष्प कुमारी श्रेष्ठ, डेलिकेशन, त्रिभुवन विश्वविद्यालयमा गएको र मानविकी संकाय ँबअगतिथ चलाउन स्विकृती नदिएको कारण पुन गोरखामा आई बौद्धिक सर्कल भेला भई के गर्ने भन्ने विषयमा श्री शक्ति मा.वि. व्यवस्थापन समितिको अध्यक्ष म स्वयं मोहनलाल श्रेष्ठ भएको र प्र.अ. मोहन नारायण श्रेष्ठ भएकोले दुवैको सल्लाह अनुसार शक्ति मा.वि.को भवनमा बैठक बोलाई छलफल गरी द्रव्यशाह नामाकरण गरी मानविकी क्याम्पस खोल्ने भन्ने निर्णय हुन पुग्यो र श्री शक्ति मा.वि.को भवनमा नै विहान कक्षा संचालन गर्ने भन्ने निर्णय भए अनुसार विद्यार्थी भर्नाको आह्वान हुन गयो र पढाउनको लागि भोलेन्टियरको रुपमा पढाउन मोहन नारायण श्रेष्ठ, शम्भु बाबु मरहट्टा, माधव बाबु मरहट्टा, शिव बाबु अर्याल, चुडा कट्टेल, राम चन्द्र आचार्य, गोवर्धन आचार्य, नारायण पाण्डे लगायतले कक्षा लिने सहमति अनुसार संचालन गरिदै बैकिल्पक ठाउँ खोज्ने क्रममा तत्कालिन रानीश्वाँरा प्रधान पञ्च स्व.अमृत बहादुर कुँवर लगायत विश्ववन्धु थापा, गम्भिर प्रधान, जगत बहादुर रोका, बुद्धि बहादुर कुँवर, लगायतको सक्रियतामा हाल भएको द्रव्यशाह क्याम्पस लक्ष्मीबजार, गोरखामा स्थापना हुन पुगेको हो स्थानियवासीहरुको सक्रियताको साथै स्थानिय वौद्धिक सर्कल र राजनितिज्ञहरुको सहयोग र सद्भावबाट आज यो द्रव्यशाह क्याम्पस आफ्नो खुट्टामा उभिन सफल भएको हामी सामाजिक व्यक्तित्वहरुले देख्न पाउँदा खुसी नहुनु त कुरै भएन ।
द्रव्यशाह बहुमूखी क्याम्पसको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह यहि मिति २०८० माघ १६ गते हुन गईरहेको कार्यक्रमको बारेमा अलिकति जिज्ञासा पोख्ने जमर्र्को लागेको हो । जसमा वार्षिक प्रतिवेदनले क्याम्पसको सम्पूर्ण आय व्ययको साथै गतिविधि उल्लेख गराई वास्तविकता अभिभावकहरु लाई जानकारी गराउनु क्याम्पसको जिम्मेवारी र दायित्व भित्र पर्दछ र कसरी स्थापना भयो भन्ने इतिहासलाई गुम्राहमा राखी केही भएपनि इतिहास खुलाउने चेस्टा नराखिएको जस्तो महशुस हुन आएको र खासै अभिभावकहरु उपस्थित गराउन नसक्नु पनि कमी हो भन्ने लाग्दछ । खासै अभिभावक नगन्ने उपस्थिति देख्दा क्याम्पसले नै सुचना प्रवाह नगरेको पाइन्छ । सबै स्थानियवासीहरुको सकरात्मक सोच र सहयोगबाट आज क्याम्पस आफ्नो खुट्टामा उभिन सफल भएको हामी पाउँछौं । साथै क्याम्पसलाई ठूलो रकम रु. ९७८९८३१३।– (अक्षरुपी ः नौ करोड अठहत्तर लाख अन्ठानब्बे हजार तिन सय तेह्र) सहयोग प्रदान गर्नु हुने अमेरिकी J.I.C.E WHIPLE लाई सहर्ष र धन्यवाद ज्ञापन गर्दछु ।
क्याम्पसको आयव्ययको हिसाव प्रस्तुत हुँदा अलि छर्लङ्ग बुझ्ने गरी तेरिज नखुलेको पाइदा यदाकदा गोलमोडलमा हिडाएको होकि भन्ने पनि लाग्दछ र क्याम्पसमा अविरल शिक्षण पेशामा काम गर्नुुहुने तिन प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयबाट छनोट गरी नगदद्धारा पुरस्कृत हुनुभएको प्राध्यापक तिनजनालाई बधाई टक्र्याउछु । त्यति मात्र नभई त्रिभुवन विश्वविद्याल समेत मूल्यांकन गरेकोलाई क्याम्पसको तर्फबाट पनि थप रकम पुरस्कृत भएको भए अझ फलदायी हुने थियो । जसमा क्याम्पसले त त्रि.वि.ले पुरस्कृत गरेको रकम हस्तान्तरण गर्ने काम मात्र भएको रहेछ सो मा पनि क्याम्पसले त रु. २०० को फ्रेम समेत राखेर प्रमाण पत्र प्रदान गर्न नसकि लेमिनेशन गरेको खोस्टा प्रमाण पत्र जस्तो बनाएर दिएको देख्दा खल्लो महशुस भयो । त्यसकारण भोलिको दिनमा सम्वेदनशील भई अगाडी बढ्नको लागि पनि अनुरोध गर्दछु । साथै हिजो स्थापना कालमा भएको निर्णय माइनोट बुक कुन टोकरीमा फालिएको छ त्यसलाई खोजी गरी सो बेलाको माइनोट अनुसार संस्थापक हुनुपर्नेमा नभएकोमा समेत दुःख व्यक्त गर्दछु । धन्यवाद !
“जसको विवाह उसलाई अघि नल्या भन्ने उखान यसले दर्साउछ ।”