३९ जनाको मोतियाविन्दु शल्यक्रिया
३९ जनाको मोतियाविन्दु शल्यक्रिया
गोरखा ः माघ १९ देखि २१ सम्म भएको मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३९ जना लभान्वीत भएका छन् ।
गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा भएको शिविरबाट गोरखा नगरपालिकाको २० जना र अन्य पलिकाको १९ जनाको आँखाको शल्यत्रिया गरिएको थियो ।
२१ महिला र १८ जना पुरुष लाभान्वित भएका छन् । अस्पतालले हरेका महिनाको १९ देखि २१ गते सम्म हिमालय आँखा अस्पताल पोखराको प्रबिधिक सहयोगमा सल्यक्रिया शिविर संचालन गर्दै आएको छ ।