गोरखा नगरपालिकाको नगरसभा माग गर्दै ध्यानाकर्षणपत्र
गोरखा नगरपालिकाको नगरसभा माग गर्दै ध्यानाकर्षणपत्र
गोरखा ः गोरखा नगरपालिकाका नगरसभा सदस्यले नगरसभाको अधिवेशन वोलाउन माग गरेका छन् ।
उपप्रमुख मसली माया थोकर सहितका वहुमत नगर सभा सदस्यले वैठक नभएको कारण विकास निर्माण, सेवा प्रवाह, आयसस्रोत लगायतका क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव परिरहेकाले नगर सभा वोलाउन माग गर्दै नगरपालिकाका प्रमुख कृष्ण राना मगर र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी समक्ष ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृतको पनि समन्वयात्मक भुमिका नहुदा नगरपालिकाको समग्र कार्यसम्पादन अवरुद्ध भएको कारणले तत्काल कार्यपालिका र नगरसभाको अधिवेशनबाट निर्णय गरि विकास निर्माण, सेवा प्रवाह नितिग निर्णय, आयस्रोत लगायतका सर्वपक्षीय कार्यहरुलाई ब्यवस्थित, पारदर्शी, मितब्ययी बनाउन नगर सभाको अधिवेशन अविलम्व वोलाउन माग गरिएको हो ।
पौष १७ र १८ को कार्यपालिका वैठकमा पेश भएका २२ वटा प्रस्ताव मध्ये खानेपानी तथा सरसफाई ब्यवस्थापन वोर्ड गठन लगायतका १८ वटा प्रस्तावहरु हाल सम्म अनिर्णित रहेको पनि जनाइएको छ । भु–उपायेग ऐन, २०७६ तथा नियमावली, २०७९ बमोजिम भु उपयोग क्षेत्र वर्गिकरण नभएकाले जग्गा खरिद विक्रि अवरुद्ध भइ जनतालाई असर र आयस्रोतमा प्रभाव पारेको, नदिजन्य पदार्थ रहेको क्षेत्रहरुको प्रारभ्भिक बातावरणीय अध्ययन प्रतिवेदन हाल सम्म स्वीकृत हुन नसकेकाले उपयोग, विक्रि, वितरण, आयस्रोतमा प्रभाव परेको लगायतका वुदाँ समेटिएको छ ।
अधिवेशन नहुदा चौमासिक प्रगति समिक्षा÷ मध्यकालिन खर्च संरचना जस्ता विषय वस्तु ओझेलमा परेको, नगरपालिकाबाट जारी भएको ऐन, कार्यविधि, निर्देशिकाहरुको कार्यन्वयन संशोधन तथा नयाँ निर्माणको कार्यहरु अवरुद्ध भएको लगायतका कारण देखाइएको छ । नगर स्तरीय योजनाको कतिपय शिर्षकमा एकमुष्ट रुपमा विनियोजित रकमलाई आवश्यकताको आधारमा वाडफाँड गर्ने कार्य हुन नसकेको पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।