दोस्रो आवुखैरेनी महोत्सव हुने
दोस्रो आवुखैरेनी महोत्सव हुने
गोरखा ः तनहुँको आवुखैरेनीमा फागुन १० देखि २० गते सम्म ‘दोस्रो आवुखैरेनी’ महोत्सव हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका सुरक्षित गन्तव्य रहेको सन्देश दिने तथा उद्योग व्यापारको पर्वद्धन गर्ने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य संघ आँवुखैरेनीवजार इकाई समितिका अध्यक्ष भगवान श्रेष्ठले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी आँबुखैरेनी बजारको ऐतिहासिक, धार्मिक, साँस्कृतिक पक्षहरुको प्रचार प्रसार गरि स्थानीय उत्पादनमा हुने विविध बस्तुहरुको प्रदर्शनी तथा विक्रिमा महोत्सवले सघाउने अपेक्षा गरिएको छ ।
पहिलो आवुखैरेनी महोत्सव २०७१ सालमा आयोजना गरिएको थियो । दश वर्षको अन्तराल पछि महोत्सवको आयोजना गरिएको इकाइले जनाएको छ ।
महोत्सवमा औधोगिक प्रर्दशन, हस्तकला, कृषि, जडिवुटीबाट उत्पादित विभिन्न औषधीहरु, दुग्धजन्य पदार्थहरु, सुन्तला फलफुुल तथा तरकारी, पुष्प पर्दशनी तथा विक्रि विभिन्न जात जातीहरुको संस्कृति, भेषभुषा, खानपानको प्रद्र्धशनी हुने छ । विविध लोक साँस्कृतिक कार्यक्रम, बाल मनोरञ्जनका विविध खेलहरु महोत्सवको आकर्षकको रुपमा रहेको छ ।
घरेलु सामाग्रीहरुको पहिचान गरी बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, कृषि उत्पादनलाई सरल सहज र भरपर्दो ढगले बजारीकारण गरी व्यावसायिक सहयोग पु¥याउने, लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्य पनि राखिएको श्रेष्ठले जानकारी दिए । पर्यटकीय क्षेत्रको पहिचान गरी पूर्वाधार विकास गर्ने, खेलकुदको बिकास गर्न खेलाडीहरुलाई प्रोत्साहन गर्ने, बैंक तथा वित्तीय संस्था र उद्यमी व्यवसायी बीच सुमधुर सम्वन्ध स्थापना गर्ने पनि लक्ष्य राखिएको छ ।
महोत्सव स्टलमा विभिन्न खानाको कक्ष होटल र रेष्टुराको २० स्टल, व्यापारिक सामाग्री प्रदर्शनी विक्रि कक्षका ८० स्टल, घरेलु तथा हस्तकाला उत्पादनका विक्रि कक्षको २० स्टल, रहने छन् ।
महो्रत्सवको मुख्य आकर्षणमा सास्कृतिक प्रदर्शनी, धार्मिक ऐतिहासिक स्थलको अवलोकन, कृषि फर्म तथा पशुपालन अवलोकन, उद्योगधन्दा तथा विद्युत उत्पादन केन्द्रको अध्ययन अवलोकन, धार्मिक पर्यटकीय एवम रमणीय स्थलको अवलोकन, आँवुखैरेनी–छिम्केश्वरी २ दिने प्याकेज भ्रमण मुख्य आकर्षणको रुपमा रहेको छ ।
महोत्सव अवधिभर चार करोड ५० लाखको कारोवार हुने अनुमान गरिएको छ भने ७५ हजारले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।