अर्धवार्षिक प्रगति समिक्षा
अर्धवार्षिक प्रगति समिक्षा
गोरखा ः भिमसेन थापा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति समिक्षा गरेको छ ।
हाल सम्म पालिकाको चालु तर्फ ३६.९ प्रतिशत, पुँजीगत तर्फ १७.४७ प्रतिशत गरी ३१.३९ प्रतिशत प्रगति रहेको छ ।
गाउँपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरु, उपशाखाहरु, कार्यक्रमका फोकल पर्सन तथा कार्यक्रम संयोजकहरु र ८ वटै वडाका वडा सचिवहरुले पौष मसान्त सम्मको बार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यक्रम बमोजिम प्रगति समिक्षा, आगामी कार्ययोजना, समस्या तथा चुनौती, सम्भावना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बंजारा, गाउँपालिका उपाध्यक्ष अमृता देवी भट्ट लगायतको सहभागीता रहेको थियो ।