डुवान क्षेत्रको संरचना निर्माणका लागि जग्गा ब्यवस्थापनको माग

डुवान क्षेत्रको संरचना निर्माणका लागि जग्गा ब्यवस्थापनको माग


बुधबार, माघ २४, २०८०


डुवान क्षेत्रको संरचना निर्माणका लागि जग्गा ब्यवस्थापनको माग

गोरखा ः आरुघाट गाउपालिकाले वुढीगण्डकी डुवान क्षेत्रमा पर्ने प्रशासकीय भवन, विद्यालय, अस्पताल लगायतका संरचना निर्माणका लागि उपयुत्त स्थापनमा जग्गा ब्यवस्थापन गर्न माग गरेको छ ।

डुवान क्षेत्रका कारण संरचना निर्माण गर्न असहज वनेकाले उपयुत्त स्थानमा जग्गा ब्यवस्थापन र भवन निर्माणका लाग आवश्यक पहल गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे समक्ष माग गरिएको हो ।



मंगलबार मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र वुझाउँदै राष्ट्रिय गौरवको वुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रको सार्वजनिक जग्गा तथा भाडामा लिएका जग्गामा वनेका घर टथा टहराको मुआब्जाका लागि संघीय सरकार समक्ष पहल र समन्वय गर्न माग गरीएको छ ।

पुनर्वास र पुनस्थापनामा बिशेष प्राथमिकतामा राख्न, डुवान क्षेत्रका कारण आन्तरिक राजस्वमा उल्लेख्य गिरावट आएकाले आन्तरिक तथा वाह्य पर्यटकलाई वढवा गर्दै आर्थिक चलायमान गर्नका लागि वजेट विनियाजनका लागि प्राथमिकता दिन पनि माग गरिएको छ ।

पालिकाको रिंगरोड निर्माण तथा नया ट्र¥याक र स्तरोउन्नतीमा प्राथमिकता दिन, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयामा स्तरोउन्ती गरि जनशक्ति तथा उपकरण उपलब्ध गराउन पहलकदमी लिन पनि माग गरिएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले वुढीगण्डकी जलविद्युत आयोजनाको अन्यौलता टुङ्गाएर अघि वढाउनुपर्ने बताए ।

मंगलबार आरुघाट गाउपालिकामा सरोकारवाल सँगको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पाण्डेले वुढीगण्डकी जलविद्यतु आयोजनाको छिटो सम्पन्न गर्ने तर्फ लाग्नुपर्ने बताए ।

‘आज सम्म वुढीगण्डकी जलविद्युत आयोजनाको अन्यौलता चिरिएको छैन, राजनितिक दलको तर्फबाट होस, जनप्रतिनिधि हुदा होस छिटो सम्पन्न गर्नका लागि कुरामा पहल गरेका छौ,’ उनले भने,‘यो आयोजना छिटो सम्पन्न हुन सके यस क्षेत्रको कायापलट हुन्छ, जलविद्युतको तर्फबाट पाउने सुविधा त छदै छ, जलायश क्षेत्रको पर्यटकीय स्थल निर्माणा, स्वरोजगारको संभावना पनि रहन्छ ।’

पटक पटक आयोजना अघि वढाउने विषयमा छलफल भएको उनले बताए । ‘मुलुकको प्रगतिका लागि पनि यो गेमचेन्जर आयोजना हो,’ उनले भने । त्यस्तै धार्चे र चमुनुव्री गाउयँपालिकाको विकट भुगोललाई प्राथमिकतामा राखेर विकास निर्माणको गतिविधि संचालन गर्नुपर्ने बताए ।

‘पहिलो प्राथमिकता यो क्षेत्रको हुनुपर्छ भनेर शुरु देखि नै भन्दै आएको छौ, वजेटको पहिलो प्राथमिकता पनि यस क्षेत्र पर्छ,’ उनले भने । त्यस्तै गाउँपालिकाको केन्द्र तथा वडाको केन्द्रको सडक बाटोलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

‘पालिकाको केन्द्र छोएपछि वडाको केन्द्र छुने र स्तरोउन्नती हुदै जाने किसिमले सडक निर्माणलाई प्राथमिकता दिएका छौ, हिउद वर्खै चल्न सक्ने मुख्य सडक हरेक वडामा होस्, वाकी टोलमा लैजान कार्य अर्को चरणमा गरौ भनेर प्राथमिकता दिएका छौ,’ उनले भने,‘त्यसैले सवै बाटो स्तरोउन्नती भन्दा पनि गाउँको मुख्य बाटोलाई प्राथमिकतामा राखेर हिउद वर्खा चल्ने भइसकेपछि अन्य टोलको बाटो वन्ने बातावरण वनाऔँ ।’

विकास निर्माण ठोस परिणाम आउने तवरले हुनुपर्ने उनले बताए । ‘संघ सरकारलाई खुद्रे योजनामा वजेट नछुट्टाउन भनेका छौ,’ उनले भने,‘संघ, प्रदेश सरकारले कार्यन्वयन गर्ने आयोजना सिलिङ तोकेर अघि वढाउनुपर्छ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda