गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’
गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’
गोरखा ः गोरखा नगरपालिका–९ को एक फर्मका वंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ ।
फर्मका वंगुर विरामी परेर मर्न थालेपछि परिक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले बताइन ।
‘फर्मका तिन वटा वंगुर मरेको सुचना आएपछि माघ २० गते फर्ममा पुगेका थियौँ, फर्ममा रहेको एउटा वंगुरको स्याम्पल लिएर परिक्षणको लागि २३ गते पोखरा पठाउ्रँदा अफ्रिकन स्वाइन फिभर पुष्टि भयो,’ उनले भनिन् । उत्त गोठमा रहेको १० भन्दा वढी वंगुर अफ्रिकन स्वाइन फिभरका कारण मरेको केन्द्रले जनाएको छ ।
ज्वरो आउने, शरिरमा डाम पर्ने, सास फेर्न गाह्रो हुने लगायतको लक्षण ति वंगुरमा देखिएको केन्द्रले जनाएको छ । त्यस्तै गोरखा दरवार क्षेत्रका एउटा फर्ममा पनि वंगुरहरु विरामी पर्न थालेको गुनासो पछि केन्द्रले नमुना संकलन गरेको छ । ‘दरवार नजिकैको एउटा वगुर फर्ममा पनि वगुर विरामी पर्न थालेका छन्, नमुना लिएर आज परिक्षणको लागि पोखरा पठाउने तयारीमा छौँ,’ उनले भनिन् ।
नमुना परिक्षणको लागि पोखरा स्थित पशुपंक्षी रोग अन्वेषणमा प्रयोशाला पठाइने छ । अन्य पालिकाहरुबाट भने यस्तो समस्याको वारे कार्यालयमा हाल सम्म सुचना नआएको केन्द्रले जनाएको छ । तर उच्च सतर्कता अपनाउन केन्द्र्रले ११ वटै पालिकाहरुलाई आग्रह गरेको छ ।
अफ्रिकन स्वाइन फिभर रोग सुंगुर, वङ्गुर तथा वँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मुत्यूदर भएको छिटो फैलने सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । यो रोगको संक्रमणबाट वच्न फर्ममा जैविक सुरक्षाका विधिहरु अवलम्वन गर्न केन्द्रले किसानलाई आग्रह गर्दै आएको छ ।
वङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमति सरसफाई गरी चुना, फर्मालिन लगायतका निःसंक्रमणका औषधिहरु प्रयोग गरी सचेतना अपनाउन आग्रह गरिएको छ । रोगको शंका लागेका पशुहरुलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने, मरेको पशुलाई राम्रोसँग खालडमा गाड्ने वा जलाउने लगायतका सचेतना अपनाउन आग्रह गरिएको छ ।
यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्छ ।
यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ । घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै विभागले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाति पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न उपाय दिएको छ ।
यस्तै अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन भनेको छ ।
रोग देखा परेका क्षेत्रबाट सुँगुर प्रजाति÷पाठापाठी, सङ्क्रमित मासु र दाना ओसारपसार नगर्ने÷नगराउने भन्दै सूचित गरेको छ । सूचनामा तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउन भनेको छ ।