स्थानीय स्काउट परिषद सदस्य गठन
स्थानीय स्काउट परिषद सदस्य गठन
गोरखा ः भिमसेन थापा गाउँपालिकामा स्थानिय स्काउट परिषद् सदस्य गठन गरिएको छ । परिषदमा ६ जना निर्वाचित भएका छन् । गाउँपालिकाका १८ जना सक्रिय सदस्य थिए ।
स्काउट परिषदबाट निर्वाचित भएका सदस्यहरु मध्ये एक जनालाई स्थानीय आयुत्तको रुपमा नियुत गरिने प्रावधान रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए ।
स्काउट संरक्षक गाउँपालिका अध्यक्षले आयुत नियुत गर्ने छन । स्थानिय आयुत भने केहि दिन भित्र तोकिने उनले बताए । परिषद्मा तिन जना महिला र तिन जना पुरुष रहने छन् ।
जसमा शान्ता भट्ट, सावित्री श्रेष्ठ र भगवती भट्ट, रामचन्द्र लामिछाने, ठाकुर गन्धर्व र बरुण ढकाल परीषद सदस्य निर्वाचित भएको छन् ।