दुरविन प्रविधिको प्रयोगबाट पित्तथैलीको सफल शल्यक्रिया
दुरविन प्रविधिको प्रयोगबाट पित्तथैलीको सफल शल्यक्रिया
गोरखा ः जिल्ला अस्पताल गोरखामा दुरविन प्रविधिको प्रयोगबाट पित्तथैलीको शल्यक्रिया गरिएको छ ।
पत्थरीको शल्यक्रियाका लागि पहिलो पटक दुरविन प्रविधिको प्रयोग गरिएको हो । शुक्रबार तिन जना विरामीको पित्तथैलकीको सफलता पुर्वक शल्यक्रिया सम्पन्न भइसकेको गोरखा अस्पतालले जनाएको छ ।
गोरखा नगरपालिका–१ का ५३ वर्षिय पुरुष, शहिद लखन गाउपालिका–८ का ५३ वर्षिय महिला र पालुङटार नगरपालिका–८ का ४४ वर्षिय पुरुषको पेटमा प्वाल पारेर दुरविन प्रविधिबाट पित्तथैलीको सफलतापुर्वक शल्यक्रिया गरिएको हो ।
अस्पतालका सर्जन द्धय डा. प्रतिमा गौत र डा. सुमोद कोइराला तथा एनेस्थेसियोलोजिस्ट डा.सभ्भु अधिकारी सहितको चिकित्सक तथा स्वास्थ्यकर्मिको टोली पित्तथैलीको शल्यक्रीयामा खटिएका थिए ।
‘यो प्रविधिबाट शल्यक्रीया गरेपछि चाडो डिस्चार्ज गर्न सकिन्छ,’ गोरखा अस्पतालका निमिक्त सुपरिटेण्डेन सिद्धार्थ खनालले भने,‘एक साता अघि सवै आवश्यक सामानको ब्यवस्थापन गरेर सेवा शुरु गरेका हौँ ।’
पहिलो दिनमै शुक्रबार तिन जनाको सफल शल्यक्रिया गर्न सफल भएको उनले बताए । उत्त सेवा शुरु भएसँगै अव पित्तथैलीको शल्यक्रियाका लागि विरामीहरु अन्यत्र जिल्लामा जानुनपर्न भएको छ ।
यस अघि यस्ता विरामीलाई अस्पतालले रेफर गर्दै आएको थियो । अव गोरखा अस्पतालमै सहज तवरले पित्तथैलीको शल्यक्रिया हुने अस्पतालले जनाएको छ ।