शहिद लखन कप भलिवल प्रतियोगीता सुरु
शहिद लखन कप भलिवल प्रतियोगीता सुरु
गोरखा ः शहिद लखन गाउँपालिकामा अन्तर वडा प्रथम शहिद लखन कप भलिवल प्रतियोगीता सुरु भएको छ ।
वडा नम्वर ७ को काहुले भङ्गारमा सुरु भएको प्रतियोगीतामा आइतबार ६ खेल सम्पन्न भएको छ । उत्त खेलमा वडा नम्वर ७ ले दुई खेलमा विजय भएको छ ।
त्यस्तै वडा नम्वर १, ४, ५, ६ ले भने १÷१ खेलमा विजय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए । प्रतियोगिता लिग सिस्टममा खेलाइएको उनले बताए ।
प्रतियोगीता फागुन २ गते सम्म हुने छ । प्रतियोगितामा नौ वडाको नौ टिमको सहभागीता रहेको छ । प्रथम शहिद लखन थापा मगरको स्मृति दिवसको अवसर पारेर प्रतियोगीता भएको हो ।
प्रतियोगतिामा प्रथम हुने टिमले एक लाख ११ हजार एक सय ११ रुपैया नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलाई क्रमश ५५ हजार पाँच सय ५५, ३३ हजार तिन सय ३३ र २२ हजार दुई सय २२ रुपैया नगदका साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाउने उनले बताए ।
प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई चार हजार चार सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले एक कार्यक्रमको विच प्रतियोगिताको उद्घाटन गरेका थिए ।