कृषिजन्य उत्पादनको नियमित विषादी परिक्षण गर्न माग गर्दै आवुखैरेनीमा धर्ना

कृषिजन्य उत्पादनको नियमित विषादी परिक्षण गर्न माग गर्दै आवुखैरेनीमा धर्ना


सोमवार, माघ २९, २०८०


कृषिजन्य उत्पादनको नियमित विषादी परिक्षण गर्न माग गर्दै आवुखैरेनीमा धर्ना

गोरखा ः गण्डकी प्रदेशमा भित्रने कृषी तथा पशुजन्य उत्पादनको नियमित विषादी परिक्षण गर्न अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटिले माग गरेको छ ।

नियमित परिक्षण हुन नसक्दा प्रदेशका किसानले विषादीयुक्त तरकारी र फलफूल सेवन गर्न वाध्य हुनुपरेको भन्दै महासंघले तनहुँको आँबुखैरेनीस्थित कृषि तथा पशु नियमन इकाईमा आइतवार झण्डै २ घण्टा धर्ना दिएको छ ।



गण्डकी प्रदेशको भूमी ब्यवस्था, कृषि, सहकारी तथा गरीवि निवारण मन्त्रालय अन्तर्गतको सो कार्यालय प्रदेश भित्रने कृषि तथा पशुजन्य उत्पादनको परिक्षणका लागि स्थापना गरिएको हो ।

तर चार वर्षअघि स्थापना गरिएको उक्त कार्यालयको भुमीका कमजोर हुँदा प्रदेशभित्रका किसान विषादीयुक्त आयातित तरकारी, फलफूल र पशुजन्य उत्पादन उपभोग गर्न वाध्य हुनु परेको अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गोवर्धन गौलीले बताए ।

धर्ना कार्यक्रममा बोल्दै उनले उक्त कार्यालयको भूमीका विस्तार गरि नियमित विषादी परिक्षणको ब्यवस्था मिलाउन माग गर्दै साँकेतिक विरोध स्वरुप धर्ना कार्यक्रम गरिएको बताए ।

प्रदेश सरकारले माग सुनुवाई नगरे दवावमूलक कार्यक्रमलाई थप सशक्त बनाइने उनले बताए । प्रदेशको भूमी ब्यवस्था, कृषि, सहकारी तथा गरीवि निवारण मन्त्रालय अन्तर्गतको सो कार्यालय २०७६ सालको बैशाखमा स्थापना गरिएको हो । तर उक्त कार्यालयले छड्के चेकजाँच बाहेक प्रदेश भित्रने कृषि तथा पशुजन्य सामग्रीको नियमित रुपमा परिक्षण गर्न सकेको छैन ।

चार वर्ष अघि स्थापना भएको कार्यालयमा रहेको प्रयोगशाला समेत हालसम्म ब्यवस्थित हुन सकेको छैन । प्रयोगशालामा कृषिजन्य सामग्रीको आँशिक रुपमा विषादी परिक्षण हुने गरेको छ । पशुजन्य उत्पादनको परिक्षणका लागि प्रयोगशालामा कुनै प्रकारको सामग्री नरहेको अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गौलीले बताए ।

कार्यालयमा ७ जना कर्मचारीको दरवन्दी रहेकोमा कृषि र पशुजन्य सामग्री परिक्षणका लागि महत्वपूर्ण मानिने प्राविधिक कर्मचारीको दरवन्दी रिक्त रहेको छ । कृषितर्फ सातौं तहका वाली संरक्षण अधिकृत कार्यालय प्रमुख रहेको कृषि तथा पशु नियमन इकाईमा कृषितर्फ प्राविधिक सहायक र नायब प्राविधिक सहायकको दरवन्दी रिक्त रहेको छ । यस्तै पशुतर्फ पनि नायव प्राविधिक सहायकको दरवन्दी रिक्त रहेको छ ।

कर्मचारीको दरवन्दी अभाव र प्रयोगशाला ब्यवस्थित नहुँदा कृषि तथा पशुजन्य उत्पादनको विषादी लगायत परिक्षणको काम प्रभावकारी हुन नसकेको इकाईका कर्मचारीहरुले बताएका छन् । पशु चौपायामा हुन सक्ने सम्भावित संक्रमण परिक्षणका लागि कुनै पनि सामग्री उपलब्ध नरहेको कर्मचारीहरुको भनाई छ ।

पशु ओसारपसारको भेटेरिनरी प्रमाणपत्र हेर्ने गरिएको उनीहरुले बताएका छन् । पशु चौपायामा हुन सक्ने सम्भावित संक्रमण परिक्षणका लागि ब्यवस्थित होल्डिङ सेन्टर र क्वारेन्टिनको अभाव रहेको आँबुखैरेनीस्थित कृषि तथा पशु नियमन इकाईका चिकित्सक डाक्टर अशोक भुसालले बताए ।

धर्ना कार्यक्रममा सहभागी किसानहरुले चार वर्ष अघि स्थापना भएको कार्यालयलाई ब्यवस्थित गर्न प्रदेश सरकारले पर्याप्त ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्यहरु नारायण खनाल र शोभा ढुंगानाले कार्यालय खोलेर मात्रै नहुने भन्दै त्यसको भूमीका बढाउनुपर्ने बताए ।

धर्ना कार्यक्रममा किसान महासंघले किसानका समसामयिक माग समेटिएको २६ बुँदे ध्यानाकर्षणपत्र बारे पनि जानकारी गराएको छ । प्रदेशका भूमी ब्यवस्था, कृषि, सहकारी तथा गरीवि निवारण मन्त्रीलाई गत माघ २५ गते बुझाइएको ध्यानाकर्षणपत्रमा विदेशी उत्पादनले नेपाली कृषि बजारलाई हस्तक्षेप गरिरहेकाले स्वदेशमा उत्पादन हुने कृषि उपजको प्रवद्र्धन गर्नुपर्ने लगायतका माग समावेश गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda