धार्चेमा सहकारी ब्यवस्थापन अभिमुखिकरण
धार्चेमा सहकारी ब्यवस्थापन अभिमुखिकरण
गोरखा ः धार्चे गाउपालिकामा सहकारी ब्यवस्थापन तालिम शुरु भएको छ ।
सोमबारबाट शुरु भएको तालिम तिन दिन सम्म चल्ने छ । गाउँपालिका भित्र रहेको सहकारीलाई ब्यवस्थापन तथा कोपोमिस सिस्टम सम्वन्धी तालिम दिइने छ ।
धार्चे भित्र १५ वटा सहकारी रहेका छन् । ति मध्ये पाँच वटा सहकहारीले कोपोमिस स्टिम अनुसार कारोवार गर्ने गरेका छन् । तालिममका सहकारी संघका अध्यक्ष वावुराम कोइराला लगायतले सहजिकरण गर्ने छन् ।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार, कार्यपालिका सदस्य मित्र वहादुर सुनार लगायतको सहभागीता रहेको थियो ।