फरार अभियुत्त पक्राउ
फरार अभियुत्त पक्राउ
गोरखा ः चोरी कसुर मुद्धामा १ महिना १५ दिन कैद र एक हजार दुइ सय ५० जरिवाना तोकिइ फरार रहेको शहिदलखन गाउँपालिका–६ घैरुङका ३१ वर्षिय विक्रम कुमार योगीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार पक्राउ परेका योगीलाई कैद र जरिवाना असुल उपरको लागि गोरखा जिल्ला अदालत पठाइएको थियो । जिल्ला अदालतको आदेशले योगीलाई कैद असुल उपरका लागि मंगलबार नै कारागार कार्यालय पठाइएको छ ।
फैसला कार्यन्वयनको सिलसिलामा गोरखा अदालतबाट कैद र जरिवाना तोकिइ फरार रहेका अभियुत्त पक्राउ गर्नका लािग विशेष टोली गठन गरीएको छ ।