भलिवल प्रतियोगीतामा वडा नम्वर १ पहिलो
भलिवल प्रतियोगीतामा वडा नम्वर १ पहिलो
शहिद लखन थापाको स्मृति दिवसमा विविध कार्यक्रम
गोरखा ः प्रथम शहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस विविध कार्यक्रम गरिएको मनाइएको छ ।
स्मृति दिवसको अवसरमा भएको अन्तर वडा शहिद लखन कप भलिवल प्रतियोगीतामा वडा नम्वर १ पहिलो वनेको छ । वुधबार भएको वडा नम्वर ४ र १ विच भएको फाइनल खेलमा वडा नम्वर १ विजयी वनेको हो । वडा नम्वर ४ दोस्रो बनेको छ ।
प्रतियोगीतामा वडा नम्वर ५ तेस्रो बनेको छ भने वडा नम्वर २ सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम भएको वडा नम्वर १ ले एक लाख ११ हजार एक सय ११ रुपैया नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ ।
त्यस्तै दोस्रो भएको वडा नम्वर ४ ले ५५ हजार पाँच सय ५५, तेस्रो बनेको वडा नम्वर ५ ले ३३ हजार तिन सय ३३ र सान्त्वना स्थान हासिल गरेको वडा नम्वर २ ले २२ हजार दुई सय २२ रुपैया नगदका साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगीताका उत्कृष्ट खेलाडी वडा नम्वर १ का खेलाडी पृतम थापा मगरले चार हजार चार सय ४४ रुपैया पुरस्कारको पाएका छन् । स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा उच्च सिकाई उपलब्धी हासिल गर्न सफल १९ जना शिक्षकलाई सम्मान पनि गरिएको छ ।
त्यस्तै लखन किल्ला निर्माणमा जग्गा दान गर्ने आठ जनालाई पनि सम्मान गरिएको छ । शहिद लखन गाउपालिका–७ का खिल वहादुर राना, ओम वहादुर राना मगर, भोज वहादुर चुमी राना, निर वहादुर आले मगर, वर्न कुमारी थापा, राम वहादुर थापा, रणवहादुर थापा र वडा नम्वर ६ का मनोज श्रेष्ठलाई सम्मान गरिएको हो ।
शहिद लखन किल्ला क्षेत्रमा उनिहरुले नौ रोपनी ६ आना १ पैसा जग्गा दान गरेका छन् । सोहि अववसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा उत्कृट प्रदर्शन गर्ने ११ जना विद्यार्थीलाई पनि सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए ।
स्मृति दिवसको अवसरमा काहुले भङ्गारमा भएको कार्यक्रममा नौ वडाका उत्कृष्ट पशु तथा कृषि पेशामा आवद्ध वनेका किसानलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका सभाभुख कृष्ण धिताल, गाउँपालिका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी लगायतको सहभागीता रहेको थियो ।
राणाशासनको विरुद्घमा लागेको भन्दै वुङ्ककोटको काहुले भङ्गारमा तत्कालिन राणाकालिन सरकारले लखन थापा मगर र जैसिङ्ग चुमि राना मगरलाई मृत्यूदण्डको सजाय सुनाएको थियो । २०७२ असोज ३ को तत्कालिन मन्त्रीपरिषद वैठकले लखन थापालाई नेपालकै पहिलो सहिद घोषणा गरेको छ ।
२०५६ सालको मन्त्रीपरिषद वैठकले थापालाई सहिद मात्र घोषणा गरेको थियो । स्मृति दिवसको अवसरमा गाउँपालिकाले वुधबार सार्वजनिक विदा समेत दिएको थियो । वडा नम्वर ७ को काहुलेभङ्गारमा विविध कार्यक्रम गरि गाउँपालिकाले दिवस मनाएको हो ।