बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ
बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ
गोरखा ः वैकिङ कसुर मुद्धामा फरार रहेको एक जना पक्राउ परेका छन् ।
नवप्रभात निर्माण सेवा प्रालिका संचालक समेत रहेका भिमसेन थापा गाउँपालिका–५ का चित्र भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अर्थ मुर्भस प्रालि बाट जेसिविको पार्टस खरीद गरी रकम भुक्तानीका लागि भट्टले नवप्रभावत निर्माण सेवा प्रालिको नामबाट मेगा वैकको गोरखा शाखाको नाममा एक लाख नौ हजार ६ सय ३६ रुपैयाको चेक काटेका थिए ।
उत्त चेक सटहीका लागि जाँदा खातामा प्रयाप्त रकम नभएको भनि चेक अनादर भइ फिर्ता भएको भन्दै भट्टलाई कारवाही गरी चेकमा उल्लेखित रकम समेत फिर्ता दिलाउन माग गर्दै एम.ए. डब्ल्यू अर्थ भुर्भस प्रालिका कृष्ण प्रसाद तिवारीले जाहेरी दरखास्त दिएका थिए ।
सोहि जाहेरीका आधारमा वैकिङकसुर मुद्धामा दर्ता भएको थियो । उत्त मुद्धामा फरार रहेका भट्टलाई मंगलबार गोरखा नगरपालिका–६ मा फेला परि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भट्ट विरुद्ध जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएर वैकिङ कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।