आठ महिनाको अवधिमा २७ वन्यजन्तुको उद्धार
आठ महिनाको अवधिमा २७ वन्यजन्तुको उद्धार
गोरखा ः ८ महिनाको अवधिमा डिभिजन वन कार्यालयले २७ वटा वन्यजन्तुको उद्धार गरेको छ ।
उद्धार गरिएका मध्ये केही वन्यजन्तु मृत फेला परेको तथा घाइते रुपमा जिवित उद्धार भएकालाई उपचार पश्चात वन क्षेत्रमै छाडिएको छ । सबैभन्दा वढी सालकको उद्धार भएको छ ।
गण्डकी गाउपालिका–४, ८, पालुङटार नगरपालिका–८, गोरखा नगरपालिका–७ क्षेत्रबाट आठ महिनाको अवधिमा ७ वटा सालकको उद्धार भएको छ । गोरखा नगरपालिका–७ मा भने एउटा सालक मृत भेटिएको थियो ।
गोरखा नगरपालिका–८ बा निरविरालो, सुगा, गण्डकी गाउँपालिका–६ भुम्लीचोकबाट अजिङ्गर, गोरखा नगरपालिका–८, सिरानचोक गाउपालिका–७ र बारपाक सुलिकोट–८ बाट रतुवा मृग, गण्डकी सव डिभिजन कार्यालयबाट हुइचिल, पालुङटार–५ बाट बाँदर, गोरखा नगरपालिका–९ र पालुङटार १ बाट वन विरालोको उद्धार गरि बन क्षेत्रमै लगेर सुरक्षित वासस्थानमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका सुचना अधिकारी महेष पौडेलले जानकारी दिए ।
आठ महिनाको अवधिमा गोरखा नगरपालिका–१३ पालुङटार–१, गण्डकी गाउँपालिका–८ र बारपाक सुलिकोट–८, गोरखा नगरपालिका–८ बाट बाट चितुवा, च्याङली पालुङटार, गोरखा नगरपालिका–८ बाट हुइचिलको उद्धार भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै गोरखा नगरपालिका–८ र भिमसेन थापाबाट निर विरालो र लाटोकोसेरोको उद्धार भएको छ ।
उद्धार गरिएका २७ मध्ये नौ वटा मृत फेला परेका थिए । मृत फेला परेकालाई मुचुल्का सहित ब्यवस्थापन गरिएको छ । उद्धार पछि केहि वन्यजन्तु भने उपचारको क्रममा मरेका पनि छन् । भदौ २४ गते गोरखा नगरपालिका ८ बाट उद्धार गरिएको नौ वटा सुगालाई विरिन्चोक सामुदायीक वन क्षेत्रमा छाडिएको थियो ।