प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि मनाइने
प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि मनाइने
गोरखा ः प्रजातन्त्र दिवस तिन दिन सम्म विविध कार्यक्रम गरि मनाइने भएको छ ।
फागुन ६ गते रानीपोखरी र गोरखा दरवार क्षेत्रको सरसफाई, फागुन ७ गते प्रभातफेरी लगायतको कार्यक्रम तय गरिएको छ ।
प्रजातन्त्र दिवसको दिन फागुन ७ गते जिल्ला समन्वय समिति गोरखा देखि नयाँवसपार्क, ठुलो आँगन, हस्पिटल चोक, हरमटारी चोक हुदै पुन जिसस गोरखाको कार्यालय सम्म प्रभावतफेरि हुने छ ।
कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था, राजनितिक दल लगायतको सहभागीता रहने छ । त्यस्तै फागुन ८ गते प्रजातन्त्र र आम नागरिकको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा अन्तरक्रिया कार्यक्रम हुने छ ।