क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने
क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने
गोरखा ः गोरखा नगरपालिका–७ का चन्द्रमान शाहीको घरबाट वरामद भएको क्वार्ज क्रिष्टल गोरखा दरवारमा राखिने भएको छ ।
गत असारमा प्रहरीले शाहीको घरबाट क्वार्ज क्रिष्टल वरामद गरेको थियो । उत्त क्वार्ज क्रिष्टल गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गोरखा दरवारमा राख्ने शनिबारको सर्वपक्षीय वैठकले निर्णय गरेको छ ।

दरवार परिसरमा सर्वसाधारण नागरिकले देख्न सक्ने गरि राखिने प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । ब्यवस्थापनका लागि आवश्यक स्रोत साधनको ब्यवस्था गोरखा नगरपालिकाले गर्ने छ भने जिल्ला प्रशासन कार्यालले आवश्यक सुरक्षा ब्यवस्था मिलाउने छ ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जिल्ला प्रहरी कार्यालयमा रहेको क्वार्ज क्रिष्टल नेपाल सरकारको सम्पत्ति हुने गरी उचित स्थान र सुरक्षाको प्रवन्ध गरि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (प) वमोजिम संरक्षण गर्न गराउन गराउन जिल्ला प्रशासनलाई भनेको थियो ।
सो पत्र पछि शनिबार सर्वपक्षिय वैठक वसेको हो । गोरखा दरवार र गोरखकाली मन्दिर विचको रङ्गमहलको भुइ तलाको छिँडीमा उत्त क्वार्ज क्रिष्टल राख्ने तयार रएको छ । ‘पुजा गर्नेले पुजा गर्नुहुन्छ, अनुसन्धान गर्नेले अनुसन्धान गर्नुहुन्छ, सवैले देख्ने गरि क्वार्ज क्रिष्टल राख्छौँ,’ गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले भने ।
पारदर्शी सिसाभित्र सवैले देख्ने गरि पत्थर राखिने उनले बताए । उत्त क्वार्ज क्रिष्टल लाखौँ मुल्यमा खरिद विक्रिका लागि मोलमोलाई भइरहेको अवस्थामा गत असार १४ गते प्रहरीले वरामद गरेको थियो । हाल सम्म उत्त पत्थर जिल्ला प्रहरी कार्यालयमा रहेको छ । खानी तथा भुगर्व विभागले अध्ययन गर्दा उत्त पत्थर क्वार्ज क्रिष्टल भएको प्रमाणित गरेको थियो ।
सर्वपक्षिय वैठकमा गण्डकी प्रदेशका सासंद नन्द प्रसाद न्यौपाने, विभिन्न राजनितिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो । वैठकमा सहभागीले उत्त क्वार्ज क्रिष्टलको सुरक्षाबारे जिज्ञासा राखेका थिए ।