बेनीघाट–रुइला भञ्ज्याङ सडकलार्ई प्राथमिकतामा राख्न माग

बेनीघाट–रुइला भञ्ज्याङ सडकलार्ई प्राथमिकतामा राख्न माग


सोमवार, फाल्गुन ७, २०८०


बेनीघाट–रुइला भञ्ज्याङ सडकलार्ई प्राथमिकतामा राख्न माग

चुमनुव्रीका जनप्रतिनिधिको प्रधानमन्त्री समक्ष १८ वुदेँ माग

गोरखा ः बेनीघाट–रुइला भञ्ज्याङ मोटरबाटो निर्माणलाई क्रमागत बजेटमा प्राथमिकतामा राख्न चुमनुव्री गाउँपालिकाका जनप्रनिधिले माग राखेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विभिन्न १८ वुदे माग राखेका हुन् ।



सिर्दिबास, न्याक फेदी चुम्चेत हुँदै छेकम्पार ङुईला भञ्ज्याङ मोटर बाटो निर्माण योजनालाई प्राथमिकताका साथ अघि बढाउन र यहाँको भौगोलिक अवस्था, कडा चट्टान रहेको हुदाँ ब्लास्टिक गरी ट्रयाक खोल्नुपर्ने हुदाँ डिपिआर सहित ट्रयाक खोल्ने कार्य नेपाली सेना मार्फत गर्दा सहज एवम् उपयुक्त हुने हुदा सोही बमोजिम व्यवस्था गर्न पनि माग राखिएको छ ।

यातायातको सर्वसुलभ पहुँच नपुगेको र गाँउपालिका जोड्ने सडक समेत निर्माण नभएको ज्ञापनपत्रमा उल्लेख छ । विकास निर्माणको कार्यमा ढुवानीको कारणले गर्दा अत्याधिक लागत लाग्ने र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान बजेट र कार्यक्रमहरु पनि जनसंख्याको आधारमा प्राप्त हुने हुनाले बजेट तथा अनुदानको आकार सानो रहेको ज्ञापनपत्रमा उल्लेख छ । अत्याधिक लागतले गर्दा अनिवार्य दायित्वका विकास निर्माणका कार्यहरु गर्न समेत बजेटको अभाव रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय भवनमा बजेटको व्यवस्था को लागि पनि माग गरिएको लामाले बताए । चुमनुब्री गा पा वडा नं १ सामागाँउ र वडा नं २ ल्हो स्यालामा अवस्थित बसोबासीका लागि जग्गा वितरणका लागि मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने हुनाले वन ऐन संशोधन गरि आवश्यक कानुनी व्यवस्था गर्न तथा गाउँपालिका केन्द्र जोड्नको लागि बुढिगण्डकी नदि मोटरेपुल निर्माण गर्न पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं ७ छेकम्पार छुले निले, वडा नं ६ को चुम्चेत, वडा नं ३ को जगत, वडा नं २ ल्हो र वडा नं १ सामागाउँमा हालसम्म सञ्चार तथा मोबाईल नेटवर्कको पहुँच नभएकोले सञ्चारको सर्भसुलभ पहुँचका लागि प्राविधक टोलि खटाई अध्ययन गरि यथासिघ्र फोरजी टावर तथा सव टावर निर्माणको व्यवस्था मिलाउन पनि माग गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्षनिमा लामाले बताए ।

गाँउपालिका अन्तर्गत सामुदायिक विद्यालयका लागि हिमाली आवसीय छात्रवासका लागि १५० कोटा थप गर्न पनि माग राखिएको छ । गाँउपालिका कृषिजन्य उत्पादन एवं जडिबुटीको उच्च संम्भावना रहेकोले चिस्यान भण्डार तथा प्रशोधन केन्द्र स्थापनाको लागि व्यवस्था गर्न तथा बुढिगण्डकी नदिले बस्ति कटान गर्ने गरेको एवं पहिरो नियन्त्रणका लागि बुढिगण्डकी नदी संरक्षण परियोजना संञ्चालनका लागि आवश्यक व्यवस्था गर्न माग गरिएको छ ।

मनास्लु संरक्षण क्षेत्रमा हालको पर्यटकिय पदमार्गको खण्डमा सडक निर्माण भईरहेकोले बैकल्पिक पर्यटकिय पदमार्गका लागि पाति आँगासस्र्यु ल्होक्पा सिपचेत धुम्जे गुम्बालोङडाङ हुँदै गणेश हिमाल बेश क्याम्प गई गाला छुदै छेकम्पार पुग्ने पर्यटकिय पदमार्ग निर्माणका लागि आवश्यक व्यवस्था गर्न पनि माग राखिएको लामाले जानकारी दिए ।

गाउँपालिकालाई नेपालको संविधान बमोजिम विशेष क्षेत्र घोषणा गर्न तथा माथिल्लो बुढिगण्डकी विद्युत उत्पादनको लागि २२०÷४०० केभिए प्रसारण लाईन तथा सबस्टेसन निर्माण योजनाका आवश्यक कार्य अघि बढाउन पनि जनप्रतिनिधिले माग राखे । चुमनुव्री गाँउपालिका विविध स्थानलाई विगतमा निषेधित घोषण गरिएकोमा निषेधित क्षेत्र खुला गरीसहजीकरण पनि माग राखिएको छ ।

गाउँपालिकामा कक्षा १० सम्म मात्र पठनपाठन हुने हुनाले प्राविधिक शिक्षा सहितको उच्च शिक्षाका लागि आवश्यक पहल एवं व्यवस्था गर्न, गाउँपालिका राष्ट्रिय तथ्याङ्क अनुसार साक्षरता स्तर कम तथा गरिबिको मुनि रहेको जनसंख्या धरै रहेकोले साक्षरता प्रर्वद्धन एंव गरिबी निवारणका कार्यक्रममा प्राथमिकतामा राख्न, प्रहरी चौकी सिर्दिबासलाई स्तरोन्नती गरी इलाका प्रहरी कार्यालयको रुपमा स्थापना गर्न पनि माग गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda