गोरखकाली रनिङ कपमा तिन खेल सम्पन्न
गोरखकाली रनिङ कपमा तिन खेल सम्पन्न
गोरखा ः गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भइरहेको मिस्टर वि आठ औँ गोरखकाली रनिङ कपको दोस्रो दिन तिन खेल सम्पन्न भएको छ ।
प्रतियोगितामा पहिलो खेल रिपुमर्दन गण र भिमसेन तारा युवा क्लव विच भएको थियो । प्रतियोगितामा भिमसेन तारा क्लव ४–० गोल अन्तरले विजय भएको छ ।
त्यस्तै दोस्रो अल स्टार एफसी, आँबखैरेनी र घैरुङ एफसी, घैरुङ विच भएको खेलमा ६–३ गोल अन्तरले अल स्टार एफसी बिजयी बनेको छ । तेसो खेलमा पृथ्वी युवा क्लव, गोरखा र त्रिवेणी युवा क्लव, मुग्लिन विच भएको खेलमा १–१ गोलको बराबरी भएको थियो । उत्त खेल पेनाल्टी सुट आउट मर्फत पृथ्वी युवा क्लव विजय बनेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा खेल हेर्न आउने दर्सक मध्ये एक लाई हरेक खेल सकिए पश्चात गोरखा नगरपालिका–६ स्थित टोमाटाची जापन भाषा सिकाउने इन्स्टिटयुटले फ्यान अफ द म्माच दिने गरेको आयोजकाले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगदका साथमा मेडल, रनिङ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमले भने १ लाख ६६ हजार ६६ रुपैयाँ सातमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।