मनोमानी शुल्क लिएको भन्दै ध्यानाकर्षण
मनोमानी शुल्क लिएको भन्दै ध्यानाकर्षण
गोरखा ः कक्षा ११ र १२ का विद्यार्थी सँग विद्यालयले मनोमानी शुल्क लिइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै विभिन्न वाहनामा अतिरित्त र अन्य थप शुल्क समेत लिने गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । शिक्षा ऐन २०७७ ले माध्यमिक तहसममको निशुल्क शिक्षाको ब्यवस्था गरेपनि कार्यान्वनय हुन नसकेको ज्ञापनपत्रमा उल्लेख छ ।
अनेरास्ववियुले प्रमुख जिल्ला अधिकार िमार्फत सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा समन्वय इकाई तथा स्थानीय तहलाई ध्यानाकर्षणपत्र वुझाएको हो ।
‘नागरिकको मौलिक हकको रुपमा शुनिश्चित गरिएको शिक्षा जस्तो विषय आम नागरिकको पँहुच हुने गरि गुुणस्तरयि र सर्व शुलभ हुनु अनिवार्य छ,’ ज्ञापन पत्रमा भनिएको छ,‘संविधानको भावाना र मर्म अनुरुप शिक्षा सम्वन्धि विभिन्न निती नियमावली र ब्यवस्थाहरु गरिएको छ, भलै भए गरेको ब्यवस्थाहरु पनि लागु भए नभएको वा निश्चित र किटान गरिएका विषयहरु समेत उल्लंघन गरिएको तर्फ भने ध्यान आकृष्ट भएको छ ।’
अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी नियमावली २०७७ को दफा ५ मा माध्यमिक तहसम्मको शिक्षामा शुल्क नहुने भनि उल्लेख गरिएको छ ।
‘ विद्यार्थी भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क तथा पाठ्यपुस्तक वापतको शिर्षकहरुमा ुशुल्क लिन पाइदैन भनि ब्यवस्था गरिएको छ,‘ज्ञापन पत्रमा भनिएको छ,‘कक्षा ११ र १२ मा जिल्लाको सन्दर्भमा विभिन्न वाहनामा अतिरित्त अन्य थप शुल्क समेत लिइ विद्यार्थी तथा अभिभावकमा आर्थिक वोझ थपी शिक्षाबाट विमुख गराउने गरि विद्यालय प्रशासन, स्थानीय तह, राज्य प्रस्तुत हुनु दुखद कुरो हो ।’
नियमावली २०७७ मा उल्लेख भए वमोजिम सम्पुर्ण स्थानीय तहले आवास सुविधा सहितको अध्ययनको ब्यवस्था साथै अपाङ्गता भएका, आर्थिक रुपले विपन्न तथा दलित समुदायका विद्यार्थीका लागि माध्यमिक तहसम्म छात्रवृत्रिको ब्यवस्था मिलाउन समेत अनेरास्ववियुले माग गरेको छ ।
प्रभावकारी अनुगमनका लागि स्थानीय तहमा गठन हुने समितिमा विद्यार्थी संगठनको समेत प्रतिनिधित्व शुनिश्चितताको माग गरिएको छ ।