द्रब्यशाह क्याम्पसमा तालावन्दी
द्रब्यशाह क्याम्पसमा तालावन्दी
गोरखा ः गोरखा नगरपालिका–९ को द्रब्यशाह वहुमुखी क्याम्पसमा विद्यार्थी संघ÷संगठनले तालावन्दी गरेका छन् ।
आर्थिक पारदर्शीता हुनुपर्ने माग राख्दै वुधबार क्याम्पस प्रमुख र लेखा शाखामा तालावन्दी गरिएको अखिल क्रान्तिकारीका इकाई अध्यक्ष अनिष अर्यालले जानकारी दिए ।
क्याम्पसको आर्थिक कारोवारको विषयमा पटक÷पटक आवाज उठाउदा पनि स्पष्ट जवाफ नआएको भन्दै संयुत्त विद्यार्थी संगठनले तालावन्दी गरेको उनले बताए ।