आठौ गोर्खाली रनिङ कप अन्तरगत दुइ खेल सम्पन्न
आठौ गोर्खाली रनिङ कप अन्तरगत दुइ खेल सम्पन्न
गोरखा ः सदरमुकामको हरमटारी खेलकुदमैदानमा जारी मिस्टर वि आठौ गोर्खाली रनिङ कपमा वुधबार दुइ खेल सम्पन्न भएको छ ।
अलस्टार क्लव आवुखैरेनी र न्यू दौतरी क्लव चित्रेपोखरी विच भएको खेलमा ३–१ गोल अन्तरले दौतरी युवा क्लव चित्रेपोखरी विजयी भएको छ । त्यस्तै पृथ्वी युवा क्लव र भिमसेन तारा युवा क्लव विच भएको खेलमा ३–१ गोल अन्तरले भिमसेन तारा युवा क्लव विजयी भएको छ ।
१२ गते सम्म हुने आयोजक हरमटारी क्लवले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगदका साथमा मेडल, रनिङ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमले भने १ लाख ६६ हजार ६६६ रुपैयाँ सातमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
प्रतियोगिताको सेमिफाइन र फाइनल खेल हेर्नका लागि १०० को टिकट व्यवस्था गरिएको छ भने अन्य खेलका लागि ५० रुपैया टिकट व्यवस्था गरिएको छ ।