चाइनिजधारा र हरमटारी सेमिफाइनलमा
चाइनिजधारा र हरमटारी सेमिफाइनलमा
गोरखा ः सदरमुकामको हरमटारी खेलकुदमैदानमा जारी मिस्टर वि आठौ गोर्खाली रनिङ कपमा विहीबार दुइ खेल सम्पन्न भएको छ ।
खोप्लाङ एफसी र चाइनिज धारा फेमिली, गोरखा विच भएको पहिलो खेलमा ४–१ गोल अन्तरले चाइनिज धारा फेमिली, गोरखा विजयी भएको छ । त्यस्तै आयोजक हरमटारी क्लव र याङकोट युवा क्लव, याङकोट विच भएको खेलमा ४–० गोल अन्तरले हरमटारी क्लव विजयी भएको छ ।
प्रतियोगिताको सेमिफाइनलको दुइ खेल शुक्रबार (आज) हुने आयोजक हरमटारी क्लवले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने १२ गते हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगदका साथमा मेडल, रनिङ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमले भने १ लाख ६६ हजार ६६६ रुपैयाँ सातमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सेमिफाइन र फाइनल खेल हेर्नका लागि १०० को टिकट व्यवस्था गरिएको छ ।