जवरजस्ती करणी उद्योगको आरोपमा पक्राउ
जवरजस्ती करणी उद्योगको आरोपमा पक्राउ
गोरखा ः जवरजस्ती करणी उद्योगको आरोपमा गण्डकी गाउँपालिका–२ का ३७ वर्षिय आशिष चेपाङलाई प्रहरीले वुधबार पक्राउ गरेको छ ।
मंगलबार आफ्नै घर कोठामा लगि ११ वर्षिय बालिकालाई जवरजजस्ती करणी प्रयास गरेको भन्दै पिडितका वावु मार्फत आएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई प्रक्राउ गरिएको हो ।
जवरजस्ती करणी प्रयासका लागि सहयोगी भुमिका खेलेको भन्दै सोहि ठाउँका २३ वर्षिय इश्वर चेपाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आरोपित विरुद्ध विहिबार जिल्ला अदालतमा जवरजस्ती करणी उद्योग कसुर शिर्षकमा मुद्धा दर्ता गरि घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।